PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

’शत्रु गते’को गीत ’रुपै मोहनी’मा तीन पुस्ताको प्रेम



पहिलोपोस्ट

’शत्रु गते’को गीत ’रुपै मोहनी’मा तीन पुस्ताको प्रेम

काठमाडौं: फिल्म ’शत्रु गते’को पहिलो गीत सार्वजनिक गरिएको छ। ’रुपै मोहनी’ बोलको गीत शुक्रबार भिडियोसहित युट्युब भएको हो।

सार्वजनिक गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन्। गीतलाई टंकले मीना निरौलासँग संयुक्त रुपमा गाएका हुन्।

कविराज गहतराजको निर्देशनमा रहेको गीतको भिडियोलाई दिर्घ गुरुङले खिचेका हुन्। हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको फिचरिङ रहेको छ। जसमा तीन फरक पुस्तको सम्‍बन्ध देखाइएको छ। पहिलो पुस्ताको प्रतिनिधि पात्र हरिवंश आचार्य र दीपाश्री रहेका छन्। दोस्रो पुस्ताको रुपमा प्रियंका कार्की र दीपकराज गिरी प्रस्तुत छन् भने तेस्रो पुस्‍तामा आँचल शर्मा र पल शाह रहेका छन्। 

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म विरगंज र काठमाडौंमा छायाँकन गरिएको हो। फिल्म चैत ९ गते प्रदर्शनमा आउने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell