PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भोटोमा लुकाएर ल्याएको ३२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

भोटोमा लुकाएर ल्याएको ३२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौ :  प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले रौतहटबाट काठमाडौं आइरहेको ना ७ ख २७७६ नम्बरकोको बसमा सवार भारतको सितामडीका सोनुकुमार चौधरीलाई ३२ लाख रुपैयाँसहित पक्राउ गरेको हो।

चौधरीले शरीरमा कपडाको भोटो बनाएर रकम लुकाएर ल्याएका प्रभागका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए। चौधरीलाई महानगरीय वृत्त थानकोटमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell