PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

भ्रष्टाचारविरुद्धको अभियानमा सबैको सहभागिता आवश्यक : प्रमुख आयुक्त बस्न्यात



पहिलोपोस्ट

भ्रष्टाचारविरुद्धको अभियानमा सबैको सहभागिता आवश्यक : प्रमुख आयुक्त बस्न्यात

बर्दिवास :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यस विरुद्ध सङ्गठित प्रयत्नको खाँचो रहेको बताएका छन्। 

महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित आयोगको प्रशासनिक भवनको आज शिलान्यास प्रमुख आयुक्त बस्न्यातले  भ्रष्टाचारविरुद्धको अभियानमा सबैको सहभागिता आवश्यक रहेको बताए। 

प्रमुख आयुक्त बस्न्यातले आयोगले आफ्नो तहबाट भ्रष्टाचारविरुद्ध अभियान चालेको भन्दै भ्रष्टाचार सबै क्षेत्रको साझा प्रयत्नले मात्र निर्मूल गर्न सकिने बताए।

भ्रष्टाचारविरुद्ध सचेतना अभिवृद्धि र तत्काल कारबाही बढाउन सजिलो होस् भनेर मुलुकका विभिन्न ठाउँमा कार्यालय स्थापना गर्ने अभियानका क्रममा बर्दिवासमा नयाँ प्रशासनिक भवन बनाउन लागिएको कार्यक्रममा जानकारी दिइयो।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell