
काठमाडौं : १६औँ राष्ट्रिय महिला लिग फुटियोगिता पर्सी देखि हुने भएको छ। राखेप च्याम्पियनसिप अन्तर्गत महिला लिग पुस १६ देखि २७ गतेसम्म एन्फा कम्प्लेक्स सातदोंबाटोमा हुने अखल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
प्रतियोगितामा पाँच विकास क्षेत्रसहित तीन विभागीय टोली गरी कूल ८ टीमको सहभागिता हुनेछ। सहभागि टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ। जसअनुसार समूह ए मा नेपाल पुलिस, पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलकव टिम छन्। यस्तै समूह बी मा त्रिभुवन आर्मी, नेपाल एपीएफ, पश्चिमाञ्चल र मध्य पश्चमाञ्चल टिम छन्।
एन्फाले शुक्रबार जारी गरेको खेल तालिका अनुसार पहिलो चरणमा दुवै समूहको लिग चरणका खेलहरु हुनेछन्। जसमा दुवै समूहको शीर्ष दुई स्थानमा रहने समूह विजेता र समूह उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन्।
यी चार टिमले दोस्रो चरणमा एक आपसमा खेल्नेछन्।