PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

ओलीले भने–अध्यादेश असंवैधानिक, राष्ट्रपतिको कदम संवैधानिक



पहिलोपोस्ट

ओलीले भने–अध्यादेश असंवैधानिक, राष्ट्रपतिको कदम संवैधानिक

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट जारी भएको अध्यादेशप्रति असन्तुष्टि जनाएका छन्। 

नेपाल पर्वतारोहण संघको २७ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले दवावमा राष्ट्रपतिले अध्यादेश जारी गरेको बताए।  

ओलीले भने,‘अध्यादेश आएकोमा हाम्रो असहमति छ, यो अनुचित ढंगले चौतर्फी दवावबाट आएको अध्यादेश आफैं असंवैधानिक छ, राष्ट्रपतिको कदम भने असंवैधानिक होइन।’ 

निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएर आगामी सरकारको नेतृत्व लिने अवस्थामा वर्तमान सरकारले नेतृत्व हस्तान्तरण गर्न आलटाल गरिरहेको टिप्पणी गर्दै ओलीले आफूहरुले अध्यादेशलाई थप मुद्दा भने नबनाउने स्पष्ट गरे। 

ओलीले भने,‘हामी गठबन्धनको बहुमतको सरकार बनाउछौँ, देशमा सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रण, सामाजिक सद्भाव कायमका साथ राष्ट्रिय एकता, शान्ति र स्थायित्व ल्याई लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्नेछौँ ।’

ओलीले जनमतबाट सत्ता हस्तान्तरणको संघारमा पुगेको वर्तमान सरकारले गरेको महत्वपूर्ण निर्णय र नियुक्तिलाई आगामी सरकारले ‘मेकअप’ (कमी पूरा गर्ने) गर्ने बताए। 

उनले अब बन्ने नयाँ सरकारले दुवै छिमेकी मुलुक (भारत र चीन) सँगको सम्बन्धलाई समान रुपमा पारस्परिक लाभको नीतिका आधारमा अघि बढाउने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell