PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

सेपाकताक्रोमा आर्मी र मध्यमाञ्चल च्याम्पियन



पहिलोपोस्ट

सेपाकताक्रोमा आर्मी र मध्यमाञ्चल च्याम्पियन

काठमाडौं : नेपाल आर्मी क्लब र मध्यमाञ्चलले राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्। रेगु स्पर्धाको पुरुषमा आर्मी र महिलामा मध्यमाञ्चल पहिलो भएका हुन्।

टुडिखेलमा भएको पुरुष फाइनलमा आर्मीले पूर्वाञ्चललाई २१–१३, २१–१७ को सोझो सेटमा पराजित गर्‍यो। अनिल जर्घा मगरको कप्तानीमा रहेको आर्मीबाट शैलेश दाहाल, सूर्य चौधरी, मुकुन्द गौतम र दिपेश थापाले प्रतिस्पर्धा गरेका थिए। पूर्वाञ्चलको टोलीमा रोशन तामाङ, अमृत बस्नेत, राजिव खतिवडा, श्रजेश श्रेष्ठ र रोशन राईले खेलेका थिए।

मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई १९–२१, २१–१५, १५–१२ को सेटमा हराउँदै तेश्रो भयो। पुरुषमा पाँच विकास क्षेत्र र आर्मी गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

पाँच विकास क्षेत्र सहभागी महिलाको राउन्ड रोविन लिगमा सबै खेल जित्दै मध्यमाञ्चल पहिलो भएको हो। सलिना थापा, सुमित्रा डंगोल, उषा महर्जन, निकिता लामा र स्वस्तिका श्रेष्ठ सम्मिलित मध्यमाञ्चल टोलीले १२ अंक जोडे।

सोममाया थापा मगर, लिजा गुरुङ, तृष्णा सुनवार, जेनिशा थापा मगर र बेनिका ठाडा रहेको पश्चिमाञ्चल टोली ९ अंकसाथ दोश्रो भयो। तेश्रो स्थानको सुदूरपश्चिमाञ्चलले ६ अंक बटुल्यो।

तीनदिने प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, दक्षिण एसियाली सेपाकताक्रो महासंघका अध्यक्ष सीताराम मास्के र महासचिव ध्रुव गुरुङ, नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ एक कार्यक्रमबीच पुरस्कार वितरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell