PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

३२ लाख रुपैयाँको भोटो!



पहिलोपोस्ट

काठमाडौ : तस्करले नयाँ नयाँ शैली अपनाउन थालेपछि प्रहरीलाई पछ्याउनै हम्मे पर्न थालेको छ। एक भारतीय त्यस्तै नयाँ शैलीको तस्करीकै क्रममा समातिए। उनले ३२ लाख रुपैयाँको भोटो लगाएर प्रहरीलाई झुक्याउँदै थिए।

प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले रौतहटबाट काठमाडौं आइरहेको ना ७ ख २७७६ नम्बरकोको बसमा सवार भारतको सितामडीका सोनुकुमार चौधरीलाई ३२ लाख रुपैयाँसहित पक्राउ गरेको हो।

चौधरीले शरीरमा कपडाको भोटो बनाएर रकम लुकाएर ल्याएका प्रभागका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए। चौधरीलाई महानगरीय वृत्त थानकोटमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell