PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

कांग्रेसको समानुपातिक सूची कुर्दै निर्वाचन आयोग



पहिलोपोस्ट

कांग्रेसको समानुपातिक सूची कुर्दै निर्वाचन आयोग

काठमाडौं : नेपाली कांग्रेसले प्रदेशसभा सदस्य समानुपातिक सूची साँझ ६:३० बजेसम्म पनि बुझाउन भ्याएको छैन। 

निर्वाचन आयोगमा समानुपातिक सूची केही बेरमै बुझाउने कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालले जानकारी दिए।
शुक्रबार समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नाम बुझाउने अन्तिम दिन हो। समानुपातिक सदस्य छान्न बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो।
 
बैठक ढिला सम्पन्न भएकाले सूची बुझाउन ढिला भएको रिजालले जानकारी दिए। 'समानुपातिक सूची तयार पारी निर्वाचन आयोगमा पुग्दैछौं, केही समय थप्नका लागि अनुरोध गरेका छौं, सूची अाजै बुझाइनेछ,' सूचना अधिकारी रिजालले बताए। आयोग कांग्रेसको सूचीको पर्खाईमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell