PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

सेलिब्रिटी ब्याङ्कर अनिल शाहलाई नविल बैंक जान ६ महिने रोक!



पहिलोपोस्ट

सेलिब्रिटी ब्याङ्कर अनिल शाहलाई नविल बैंक जान ६ महिने रोक!

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुका लागि ६ महिना कुलिङ पिरियड तोकेको छ। राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै प्रमुख कार्यकारी अधिकृतहरु जुनसुकै कारणले आफ्नो सेवाबाट निबृत्त भएपछि कम्तिमा ६ महिना अवधि बाहिर रहेर मात्र फेरि बैंकमा फर्किन पाउने भएका हुन्।

राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो ब्यक्ति पुन त्यही कार्यकाल वा ६ महिना नपुगी त्यही संस्थामा सञ्चालक हुन नपाउने भएका छन्।

सञ्चालकबाट हटेको ब्यक्ति पनि अर्को संस्थामा ६ महिना नपुगेसम्म जान नपाउने भएको छ। तर स्वतन्त्र सञ्चालकको हकमा भने यो नियमले छुँदैन। 

यो निर्देशनको असर नबिल बैंकका नबनियुक्त प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई प्रत्यक्ष रुपमा पर्ने भएको छ। राष्ट्र बैंकले २०७४ पुस १३ गते निर्देशन जारी गरेको छ। अनिल शाहलाई सञ्चालक समितिले पनि पुस १३ गते नै नियुक्ति गरेको हो।

तर, उनको नियुक्ति फागुन ५ गतेबाट मात्र लागू हुन्छ। राष्ट्र बैंकको निर्देशन अनुसार अबका प्रमुख कार्यकारीले ६ महिना बिदा नलिइकन अर्को बैंकमा जागिर खान पाउँदैनन्। मेगा बैंकमा अनिल गत पुस २ गतेबाट अवकाश भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell