PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

स्वर्ण विजेता सम्मानित



पहिलोपोस्ट

स्वर्ण विजेता सम्मानित

काठमाडौं : नेपाल राष्ट्रिय मुवाँथाई संघले प्रथम विश्व कुन खेमर च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। कम्बोडियाको नोम्फेनमा डिसेम्बर ८ देखि १० तारिखसम्म भएको प्रतियोगितामा स्वर्ण जितेका दुई खेलाडीलाई सम्मान गरिएको हो।

पुरुषको ५५ केजी तौलसमूहमा राहुल थोकर लामा तथा महिलाको प्रोफेसनल ६७ केजीमा अनिशा खड्काले नेपाललाई स्वर्ण दिलाएका थिए। दुवैले कम्बोडियाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन्। दुवैलाई समान १०–१० हजार नगदबाट पुरस्कृत गरियो।

पूर्व सांसद् अमृता थापाले उनीहरुलाई सम्मान गरिन्। सोही अवसरमा प्रतियोगितामा प्रशिक्षकका रुपमा सहभागी नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत गणेशलाल कक्षपतिलाई पनि सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell