
इटालियन सिरी ए अन्तर्गत गएराती भएको एक मात्र खेलमा नेपोलीले क्रोटोनलाई १-० ले पराजित गरेको छ। नेपोलीलाई सिजनको १५औँ जित दिलाउन कप्तान मारेक ह्यामसिकले एक मात्र निर्णायक गोल गरे।
क्रोटोनको मैदानमा भएको खेलमा ह्यामसिकले १७औँ मिनेटमा एलानको पासमा गरेको गोल नै ३ अंक दिलाउन निर्णयाक बनेको हो।
जितपछि नेपोलीले १९ खेलबाट ४८ अंक जोड्दै दोस्रो स्थानको युभेन्ट्समाथि ४ अंकको अग्रता बनाएको छ। एक खेल कम खेलेको युभेन्ट्स ४४ अंकका साथ दोस्रो स्थानमा छ।