आकांक्षा बस्यालको गीत ‘तिमीलाई छुँदै’ सार्वजनिक भएको छ । प्रेम र प्रेमको रमाइलो पक्षलाई कैद गरिएको म्युजिक भिडियोमा जीवन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ । म्युजिक भिडियो वीरगंजमा छायाँकन गरिएको हो।
गायिका बस्यालले गाएको गीतमा संगीतकार राजु सिङको संगीत र डीपी खनालको शब्द रहेको छ।
निकेश खड्काले गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन्।