PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

नेता बनिन् केकी, यस्तो छ ट्रेलर 



पहिलोपोस्ट

नेता बनिन् केकी, यस्तो छ ट्रेलर 

काठमाडौं : केकी अधिकारी अभिनित सामाजिक चलचित्र गाउँकी छोरी को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा केकी गाउँपालिका अध्यक्ष बनेकी छिन्।

स्थानीय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई चलचित्रमा देखाइएको छ। पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनीतिमा प्रवेश गर्छिन्। स्थानीय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन् र गाउँको सेवा गर्छिन्।
 
नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र गाउँकी छोरी युट्युबमा केही सातापछि सार्वजनिक हुनेछ। दिपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन्। चलचित्रमा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ। हेर्नुहोस् ट्रेलरः
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell