PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राजपा पार्टी कार्यालय तोडफोड



पहिलोपोस्ट

काठमाडौँ : प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ। 
    
प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सूचनापाटी तोडफोड गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए। महासचिव झाले कार्यालय तोडफोडप्रति भत्सर्ना गर्दै घटनाबारे छानबिन गरी दोषीलाई पार्टीले कारबाही गर्ने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell