वीरगंज : पाँच दिनदेखि बढेको अत्यधिक चिसोका कारण मध्य तराईको जनजीवन प्रभावित बनाएको छ। सानादेखि ठूलासम्म चिसोको कहरमा परेका छन्। खासगरी पुसमा चल्ने शीतलहरले विपन्न, दलित, असहाय, बालबालिका तथा वृद्धवृद्धालाई सताउने गर्छ। कतिको ठन्डीकै कारण ज्यान समेत जाने गर्छ। यो अवस्थामा लालपर्सा डुम बस्तीले कसरी दिन–रात काट्दै छ?
बिहानको समय। बाक्लो हुस्सु। वीरगंज–३० लालपर्साको पर्तीमा बसोबास गर्ने डुम समुदायका बुढापाका आगो ताप्दै थिए भने बच्चाहरु झुपडी वरिपरि खेल्दै।
न्यानो कपडा छैन भने खेलेरै शरीर तताउन जानेका छन् उनीहरुले। आगो ताप्दै गरिरहेकी माया देवी एउटी सुतीमै सीमित थिइन्। माथिबाट एउटा पात्लो सल । उनीसँगै अन्य दुई जना महिला, पुरुष पनि आगो ताप्दै थिए।
आगोको न्यानो नै उनीहरुको जीवन रक्षाको स्रोत बनेको छ। 'घुरमा आगो नभएको भए धेरैलाई चिसोबाट जोगाउन गाह्रो हुन्थ्यो,' माया भन्छिन्।
४ वर्ष पहिले लालपर्साको चोकको पर्ती जग्गाबाट भगाइएपछि यहाँ सरेको डुम बस्तीमा खासै सुविधा छैन। ११ परिवारको ११ वटा फुसको झुपडी छ। वीरगंजका समाजसेवी विश्वनाथ साहले दिएको एउटा धारो मात्रै देखिन्छ।
शीतलहरबाट गुज्रिरहेको वस्तीमा हाललाई केही थान कपडा र रासनको समाजिक संस्थाले जोहो गरिदिए ठुलो गुण लाग्ने देखिन्छ।