PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

निर्वाचनको प्रक्रिया पूरा हुनासाथ सरकार छाड्छौं : प्रकाशमान सिंह



पहिलोपोस्ट

निर्वाचनको प्रक्रिया पूरा हुनासाथ सरकार छाड्छौं : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पुरा भएपछि कांग्रेसले सरकार छाड्ने बताएका छन्। 

भिएस निकेतन बुथ समितिले आज काठमाडौं महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारले पाएको जिम्मेवारी पूरा गरेपछिमात्र सत्ता हस्तान्तरण हुने बताए। 

“बाम गठबन्धनका नेताहरु कांग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाउनुभएको छ, त्यो हल्लाको पछाडि नलाग्नुहोस्, हामी निर्वाचनको प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ,”– उनले भने। 

नेता सिंहले राष्ट्रपतिबाट शुक्रबार जारी भएको राष्ट्रिय सभा गठन सम्बन्धी  अध्यादेशले राष्ट्रिय सभामा सबै समूदायको प्रतिनिधित्व हुने उल्लेख गरे। पार्टीका पूर्व महामन्त्री सिंहले जनताको जनमतलाई शिरोधार्य गरेर कांग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell