PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

इपीएल फाइनल : विराटनगरले दियो भैरहवालाई १५० रनको लक्ष्य



पहिलोपोस्ट

इपीएल फाइनल : विराटनगरले दियो भैरहवालाई १५० रनको लक्ष्य

काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएको फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई  १५० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा   ७ विकेट गुमाएर १४९ रन बनाएको हो।

विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१ रन बनाए। यस्तै कप्तान रस खड्काले २७ रन योगदान गरे। अनिल कुमार शाहले २२ तथा प्रनित थापा मगरले १४ रन जोडे। यसअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका विराटनगरका विदेशी खेलाडी बाबर हायत ११ रन बनाएर आउट भए।

बलिङमा भैरहवाका हरीशंकर शाह र कृष्ण कार्कीले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell