काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलको उपाधिका लागि अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबीच खेल भइरहेको छ।
शनिबारको दिन भएका कारण फाइनल खल हेर्न कीर्तिपुरस्थित टीयू मैदानमा उल्लेख्य संख्यामा दर्शक आइपुगेका छन्। अन्य दिन सोचेजती दर्शक नआएपनि फाइनल खेलमा भने दर्कको घुँइचो लागेको हो।
दर्शकहरु नेपालको राष्ट्रिय झण्डा विराटनगर र भैरहवा टिमको जण्डा तथा विभिन्न ब्यानरहरुसिहत खेल हेर्न उपस्थित छन्।
पारस खड्काको कप्तानीमा रहेको विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १४९ रन बनाएको छ। जवाफमा भैरहवाले ब्याटिङ गरिरहेको छ।
इनिङ्स ब्रेकमा नेपाल आइडलका विजेताहरुले प्रस्तुती दिएका थिए भने नायक निखिल उप्रेतीले टिभिएसको जुपिटर स्कुटर लन्च गरे।