PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

कायरोमा भएको चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा



पहिलोपोस्ट

कायरोमा भएको चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा
फोटो श्रोतः nytimes.com

वासिङटन :  इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा रहेको चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन्। 

इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँग ट्रम्पले गरेको टेलिफोन वार्तामा उनले इजिप्टका जनतालाई समवेदना व्यक्त गरेका र अमेरिकाले आतङ्कबादविरुद्धको लडाईमा साथ दिने प्रतिवद्धता जनाएका ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। 

कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा दश जनाको मृत्यु भएको थियो। 

कायरोको हेल्वान जिल्लामा रहेको मार मिना चर्चमा आक्रमण भएको आक्रमणमा परी एक प्रहरी अधिकारी, एक आतङ्ककारी र आठ क्रिस्चियनको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

इजिप्टका स्वास्थ्य मन्त्रीले मृत्यु हुनेहरूको सङ्ख्या दश पुगेको बताए। उनले  अरू पाँच जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको  जानकारी दिए। 

मार मिना चर्चमा अर्को हप्ता हुने नयाँ वर्षको उपलक्ष्यमा हुने कार्यक्रमको तयारी लागेका क्रिस्चियन समूदायलक्षित आक्रमण भएको थियो । आक्रमणको आइएसले जिम्मा लिएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell