PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

उपाधि जितेपछि विराटनगरको खुशीयाली, बाबर हायतले मैदानमै कुदाए पुरस्कार पाएको बाइक, हेर्नुस फोटोमा

उपाधि जितेपछि विराटनगरको खुशीयाली, बाबर हायतले मैदानमै कुदाए पुरस्कार पाएको बाइक, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले १४९ रन डिफेण्ड गर्दै उपाधि जितेको हो। १५० रनको लक्ष्य पछ्याएको भैरहवाले १४८ रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा भैरहवालाई जितका लागि ९ रन आवश्यक थियो र उसको हातमा ४ विकेट पनि थियो। तर विराटनगरका अनिल शाहले बलिङ गरेको उक्त ओभरमा भैरहवाले थप ३ विकेट गुमाएर ७ रन मात्र जोड्न सक्यो।

प्लेअर अफ दी टुर्नामेन्ट घोषित हुँदै एक थान अपाचे मोटरबाइक पाएका विराटनगरका बाबर हायतले टियू मैदानमै साथीहरुलाई राखेर बाइक कुदाए। उनले नेपाली दर्शकसँग सेल्फी समेत खिचाए भने अटोग्राफ पनि दिए।



ट्रेन्डिङ पोस्ट

Ncell