PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

सृष्टि र नरेन स्टारर 'लाउरे'को रिलिज डेट घोषणा



पहिलोपोस्ट

सृष्टि र नरेन स्टारर 'लाउरे'को रिलिज डेट घोषणा

काठमाडौं : सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर अभिनित फिल्म लाउरेले प्रदर्शन मिति तय गरेको छ। आगामी बैशाख २८ गते (११ मे)मा फिल्म देशव्यापी रिलिज हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको छ। निर्माता सुनिल रावलले रिलिज डेट पुष्टि गरे।

पप गायकको रुपमा ख्याति बटुलेका लिम्बु यही रोमान्टिक ड्रामामार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन्। सायद र होस्टल सिरिज निर्माता कम्पनी दुर्गिश फिल्मसले लाउरेको व्यवसायिक र कलात्मक पाटोको सफलतामा विश्वास व्यक्त गरेको छ।

विक्रमसिंह थारु निर्देशित सिनेमालाई रावल, इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले निर्माण गरेका हुन्। ‘सृष्टि, नरेन र मिरुनाको योङस्टर क्रेज हाम्रा लागि प्रभावकारी बन्न सक्छ’ निर्माता रावलले भने। कार्यकारी निर्माता बुद्धिलाल मगर र वितरक काफिया फिल्मस प्रालि हो ।

आलोक शुक्लाको छायांकन रहेको फिल्मको पटकथा नेगेटिभ बुद्धले लेखेको हो। बुद्धका प्रमुख थारु निर्माता रहेको सिनेमा लालपुर्जा रिलिज तयारीमा छ। लाउरेमार्फत थारुले निर्देशनमा डेब्यु गर्दैछन्। सायद, होस्टेल, होस्टेल रिटन्र्स र सायद २ पछि लाउरे दुर्गिश फिल्मसको पाँचौं प्रोजेक्ट हो।

कम्पनीले रक गायक एड्रिन प्रधानको डेब्यु एवं मुख्य अभिनय रहने सिनेमा 'उलन म्यानी' निर्माणको घोषणा गरिसकेको छ जुन चाँडै छायांकनमा जाने जनाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell