PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

'ए सोल्टिनी'को पोस्टर, गीत र ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

'ए सोल्टिनी'को पोस्टर, गीत र ट्रेलर सार्वजनिक

काठमाडौं : निमा लामा तामाङ निर्देशीत ‘ए सोल्टिनी’ फिल्मको पोस्टर, गीत र ट्रेलर शुक्रबार  सार्वजनिक गरिएको छ। दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो।

सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेको फिल्मबारे पत्रकार सम्मलेन गरि जानकारी दिइएको हो। कार्यक्रममा फिल्मका निर्देशक निमा, निर्माता दिलकुमार, अभिनेता सबिन, अर्जुन, द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, ज्ञानबहादुरलगायतले संयुक्त रुपमा ए सोल्टिनीको पोस्टर सार्वजनीक गरेका थिए।

निर्माता दिलकुमारले ए सोल्टिनी पहिला विभिन्न देशमा विशेष शो गरिने र त्यसपछि मात्रै नेपालमा प्रदर्शन गरिने जानकारी दिए। उनले आफूहरुले निकै मिहीनेतका साथ फिल्म निर्माण गरेकाले सफलता प्राप्त गर्ने आशा ब्यक्त गरे।

तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली फिल्म हो। उनले ए सोल्टिनीपछि दोषी को र परदेशले लुटेको सपना नामक नेपाली फिल्म निर्देशन गरेका छन्। कार्यक्रममा निर्देशक निमाले ए सोल्टिनी निकै रमाइलो फिल्म भएकाले दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे।

काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्मको प्रस्तुतकर्तामा पूर्णी तामाङ छिन्। बिश्वास भण्डारीले छायांकन तथा सम्पादन गरेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ। राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका हुन्। सार्वजनिक ट्रेलरमा कमेडी र प्रेम प्रस्तुत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell