PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

स्टोकलाई ५ गोल गर्दै चेल्सी दोस्रो स्थानमा, सलाहको २ गोलमा लिभरपुलको 'कमब्याक विन'



पहिलोपोस्ट

स्टोकलाई ५ गोल गर्दै चेल्सी दोस्रो स्थानमा, सलाहको २ गोलमा लिभरपुलको 'कमब्याक विन'

स्टोकलाई पराजित गर्दै चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लदा लिभरपुलले भने लेस्टर सिटीमाथि कठिन जित हात पारेको छ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई स्टोकलाई ५-० ले पराजित गरेको हो। एनफिल्डमा चेल्सीका लागि पेड्रो रोड्रिग्वेजले २ तथा एन्टोनी रुइडगर, ड्यानी ड्रिङ्कवाटर र डेविड जापाकोस्टाले एक एक गोल गरे।

जितपछि २१ खेलबाट ४५ अंक जोडेको चेल्सी म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो। एक खेल कम खेलेको युनाइटेडको ४३ अंक छ।

यता एक गोलले पछि परेको लिभरपुलले पुनरागमन गर्दै घरेलु मैदानमा लेस्टर सिटीलाई २-१ ले पराजित गर्‍यो। लिभरपुलको जितमा दुवै गोल दोस्रो हाफमा मोहमद सलाहले गरे। त्यसअघि पहिले हाफमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन।

जितपछि २१ खेलबाट ४१ अंक जोडेको लिभरपुल चौथो स्थानमा यथावत छ। २० खेलबाट ५८ अंकका साथ म्यानचेष्टर सिटी शीर्ष स्थानमा आसिनछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell