PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

दक्षिण एसियाली रोल बलमा भारतलाई दोहोरो उपाधि, नेपाल उपविजेता



पहिलोपोस्ट

दक्षिण एसियाली रोल बलमा भारतलाई दोहोरो उपाधि, नेपाल उपविजेता

काठमाडौं : तेश्रो दक्षिण एसियाली रोल बल च्याम्पियनसिपको महिला र पुरुष दुवैको उपाधि भारतले जितेको छ। शनिबार सम्पन्न प्रतियोगितामा नेपालको दुवै टोली दवस्रो भएका छन्। नेपाल पुरुष र महिला दुवैमा दोश्रो भएको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा भारतले नेपाललाई ९–१ गोलले पराजित गर्‍यो। महिलामा भारतले नेपाललाई ६–० ले हरायो।

नेपाल रोल बल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा हिमान्शु तथा महिलामा इशा सोहन्कर उत्कृष्ट खेलाडी घोषित भए। दुवै भारतका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell