PahiloPost

Jun 24, 2026 | १० असार २०८३

१८ दिनदेखि सम्पर्कविहीन



रासस

१८ दिनदेखि सम्पर्कविहीन

नवलपरासी : नवलपरासी– (बर्दघाट सुस्ता) पूर्वजिल्लाबाट दुई जना व्यक्ति लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन्।

नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत १८ दिनदेखि सम्पर्कविहीन भएका हुन्।

यसैगरी बुङ्गीकाली गाउँपालिका– ३ रकुवा थोत्रेनी निवासी २५ वर्षीय तेजबहादुर सुनार चार दिनअघि सम्पर्कविहीन भएका हुन्। खोजबार र सुनारलाई खोजी गरिदिनुहुन उनका आफन्तले सबैसँग आग्रह गरेका छन्।

गत मंसिर २७ गते खोजबार जंगल जान भनी हिँडेका र घर नफर्किएको खोजबारकी श्रीमती जयमती खोजबारको भनाइ छ। घर छिमेक इष्टमित्र सबैकहाँ खोजतलास गर्दासमेत फेला नपारेपछि प्रहरी, प्रशासन, नागरिक समाज मानवअधिकारकर्मी तथा सञ्चारमाध्यमलाई खोजी गरिदिन खोजबारका परिवारले आग्रह गरेका छन्।

यसैगरी भाइ सुनार गत पुस १२ गते कावासोती बजारबाट निस्किएर पोखराको पृथ्वीचोकबाट सम्पर्कविहीन भएको उनका दाजु सन्तोष सुनारको भनाइ छ। सुनार हालसम्म परिवार आफन्त कसैको पनि सम्पर्कमा नआएको उनको खोजतलास गरिदिन सुनारका आफन्तले सबैसँग आग्रह गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell