PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

साउथह्याम्पटनसँगको बराबरीपछि म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमै



पहिलोपोस्ट

साउथह्याम्पटनसँगको बराबरीपछि म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमै

प्रिमियर लिग अनतर्गत गएराती भएको खेलमा म्यानचेष्टर युनाइटेड साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलम युनाइटेडका फरवार्ड रोमेलु लुकाक टाउटकोमा चोट लागेपछि १४औँ मिनेटमै मैदान छाडेका थिए। उनले खेलको चौथो मिनेटमै गोल गर्ने अवसर समेत गुमाएका थिए।

बराबरीपछि म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा छ। यसअघि चेल्सीले स्टोलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लेको थियो। युनाइटेडले खेल जितेको भए चेल्सीलाई पछि पार्ने थियो। तर बराबरीपछि चेल्सी १ अंकले अगाडी रहन सफल भएको छ।

२१ खेलबाट ४५ अंक जोडेको चेल्सी दोस्रो तथा समान खेलबाट ४४ अंक रहेको युनाइटेड तेस्रोमा छ। यता एक खेल कम खेलेको म्यानचेष्टर सिटीको ५८ अंक र छ आज क्रिस्टल प्यालेसलाई हराए अंक दुरी अझ बढ्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell