PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

युभेन्ट्सको जितमा डिबलाको दुई गोल, इन्टर बराबरीमा रोकियो



पहिलोपोस्ट

युभेन्ट्सको जितमा डिबलाको दुई गोल, इन्टर बराबरीमा रोकियो
फोटो : एपी

इटालियन सिरी ए मा साविक विजेता युभेन्टसले शीर्ष स्थानको नेपोलीसँग अंक दुरी १ मा झारेको छ। गएराती भएको खेलमा युभेन्ट्सले हेलास भेरोनालाई ३-१ ले पराजित गर्दै नेपोलीसँग अंकदूरी छोट्टाएको हो।

युभेन्ट्सको जितमा युवा स्टार पाउयलो डिबलाले २ तथा ब्लेइस मटुइडीले १ गोल गरे। हेलासको लागि मार्टिन सासरसले एक गोल फर्काए।

जितपछि १९ खेलबाट युभेन्टसको ४७ अंक छ। तेस्रो स्थानको इन्टर मिलान लाजियोसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्ट्सले इन्टरमाथि ६ अंकको अग्रता समेत बनाएको छ।

१९ खेलबाट ४८ अंक जोडेको नेपोली शीर्ष स्थानमा छ। चौथो स्थानको रोमा ससुलोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। १८ खेलबाट ३९ अंक रहेको रोमा चौथो स्थानमै यथावत छ।

उता नवप्रवेशी बेनेभेन्टोले सिरी ए मा पहिलो जित हात पार्ने क्रममा भिएभो भेरोनालाई १-० ले हराएको छ। बेनेभेन्टोको ३ अंक दिलाउन मासिमो कोडाले एक मात्र गोल गरे। १९औँ प्रायसमा सफल भएको बेनेभेन्टोले १५औँ चरणमा एसी मिलानलाई बराबरीमा रोक्दै पहिलो अंक जोडेको थियो।

बेनेभेन्टोले यस सिजन १९ खेल खेल्दा १ मा जित र १ मा बराबरी खेल्दै जम्मा ४ अंक जोडेको छ। बाँकी १७ खेलमा बेनेभेन्टो पराजित भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell