PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

विज्ञापन गरी ठगी गर्ने १५ जना प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

विज्ञापन गरी ठगी गर्ने १५ जना प्रहरी नियन्त्रणमा

काठमाडौं: यौनजन्य शक्ति बढाउने तथा विभिन्न समस्याको समाधान गर्ने भन्दै पत्रपत्रिकामा विज्ञापन गरी ठगी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भ्रम फैलाएर सेवाग्राहीलाई ठगी गर्ने विभिन्न कम्पनीका १५ जना संचालनकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा हर्वल सप कोटेश्वरका सञ्चालक भोजपुरका सूर्यबहादुर रायमाझी, ग्लोवल टिभी प्रोडक्टका सञ्चालक काभ्रेका कुमार भारती, टेलीवानका सञ्चालक लमजुङका बाबुराम ढकाल, ग्लोवल टेलिसपका सञ्चालक यादवराज भारती टेलिसेन्टरका सञ्चालक काभ्रे पाँचखालका विपीन बोलखे, नेचुरल टेलिसपका रविन खड्का लगायत १५ जना रहेको प्रहरीले जनाएको छ।

ब्यूरोका प्रवक्ता एसपी जीवन श्रेष्ठ प्रकाउ परेकामाथि अनुसन्धान भइरहेको बताए। उनीहरुले राष्ट्रिय दैनिक पत्रपत्रिकामा समेत विज्ञापन निकालेर सेवाग्रहीलाई ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell