PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

त्रिदेशीय साझेदारीको वातावरण बन्दै गएको छ : प्रचण्ड



पहिलोपोस्ट

त्रिदेशीय साझेदारीको वातावरण बन्दै गएको छ :  प्रचण्ड

काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्ने बताएका छन्।

ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसकोसमेत वातावरण बन्दै गएको बताए।

प्रचण्डले भने,‘वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भएको छ। त्यो मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ। जनताले पनि हामीबाट ठूलो अपेक्षा गरेका छन्। जनताको उक्त अपेक्षालाई हामी पूरा गर्छौं। कार्यान्वयनमा लैजान्छौँ।’ 

राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको भन्दै प्रचण्डले अब सुशासन र विकासको युग सुरु भएको बताए।

‘आर्थिक समृद्धि, सुशासन तथा जनताको पक्षमा काम गर्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको छ’ उनले भने। नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत दिए पनि प्रतिपक्षमा रहेका दललाई समेत समेटेर लैजानेतर्फ आफू क्रियाशील रहेको उनको भनाइ थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell