
बुटवल : बुटवलको रामनगरमा खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते भएका छन्। नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा प्रशन्न मल्लमाथि खुकुरी प्रहार भएको हो।
खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको छ। मल्लको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ। वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर थापाले शनिबार साँझ दुई जना होटलमा खाजा खाँदै गरेका बेला विवाद भएर घटना भएकाे बताएका छन्।