राजविराज : सप्तरीको रम्पुरा मल्हनियाँ गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। शनिबार आयोजित कार्यक्रममा हनुमानगर नगरपालिकाका प्रमुख शैलेशकुमार साहले रम्पुरालाई पूर्ण खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप क्षेत्र घोषणा गरेका हुन्।
सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त गर्ने सरकारको लक्ष्यअनुरुप सो वडाका एक हजार ७९ घरधुरीमा शौचालय निर्माण भएपछि खुला दिसामुक्त घोषणा गरिएको र पूर्ण खोप लगाएपछि पूर्ण खोप क्षेत्र घोषणासमेत गरिएको हो।
कार्यक्रममा नगर प्रमुख साहले सबैले शौचालयमा शौच गर्ने बानी बसाएर नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन आग्रह गरे। उनले खुला ठाउँमा दिसापिसाब गर्नेलाई कारबाही गरिने चेतावनीसमेत दिए।रासस