PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

धार्मिकस्थलको संरक्षणका पहिलो प्राथमिकतामा : गगन थापा 



पहिलोपोस्ट

धार्मिकस्थलको संरक्षणका पहिलो प्राथमिकतामा : गगन थापा 

काठमाडौँ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले विश्व सम्पदा सूचीमा सूचीकृत पाशुपत क्षेत्र तथा त्यस वरपरका धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्ने बताएका छन्। 

मतदातालाई धन्यवाद दिन आयोजित कोणसभामा थापाले जयबागेश्वरीदेखि कुटुबहालसम्मका जीर्ण धार्मिकस्थलको संरक्षणका लागि पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे। 

सोही क्षेत्र प्रदेश (क) बाट नवनिर्वाचित सांसद नरोत्तम वैद्यले भित्री सडक विस्तारका क्रममा भइरहेको ढिलासुस्तीले स्थानीयबासीलाई आवतजावतमा समस्या भइरहेको भन्दै अब स्थानीय तहले पूर्वाधार विकास तथा ढल व्यवस्थापनमा माथिल्लो निकायसँग समन्वय गरी छिटोछरितो काम गर्नुपर्ने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell