PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सिरियाको रक्काबाट निकालियो गाडिएका ११५ वटा शव



पहिलोपोस्ट

सिरियाको रक्काबाट निकालियो गाडिएका ११५ वटा शव
फोटो श्रोतः siasat.com

दमास्कस :  सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ वटा शव बाहिर निकालिएको छ। 

ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्वारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उदृतगर्दै समाचार संस्था सानाले जनाएको छ। 

ती शव भेटिएको घटनास्थल इस्लामिक स्टेटका लडाकूले केही वर्षअघिदेखि नै आफ्नो नियन्त्रणमा लिएको सहर हो। 

उनीहरुलाई सन् २०१४ को मध्यतिर मिब्डी अफ्नान नजिकैको ठाउँमा आईएस लडाकूहरुले मारेको सानाले लेखेको छ। सबै शवलाई लडाकूहरुले एकै रातमा जमिनमा पुरेर छाडेका थिए। 

सानाले जनाएअनुसार अर्को आम चिहानबाट पनि शवहरु बाहिर निकालिएको छ। तर त्यसलाई सार्वजनिक गर्ने कार्य भने तयारी अवस्थामै रहेको छ। 

सिरियाली सेनाले गत जुलाईमा डिब्सी अफ्नान र अरु क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसअगाडि अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्र्याटीक फोर्सले अक्टोबरमा रक्काको राजधानी कब्जामा लिएको थियो। 

आईएस लडाकूहरुले आफ्नो बलियो प्रभाव रहेको मानिएको पुर्वी प्रान्त डैर अल जौरमा पनि प्रभाव गुमाएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell