कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा साँढेको अक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
साँढेको आक्रमणबाट नगरपालिका वडा नं ३ का द्वारिका गुप्ताकी १३ वर्षीया छोरी जानकीको मृत्यु भएको छ।
साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसुको ढाड भाँच्चिएकामा भारतको लखनौमा उपचार भइरहेको स्थानीय रामबली यादवले जानकारी दिए। आक्रमणबाट गौडहवामा पनि चार जना घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जनाएको छ।
स्थानीयबासी बृजेश यादवले एक हप्तादेखि साँढेले महाराजगञ्ज आसपासमा आतंक मच्चाएको जानकारी दिए।
साँढेले बाटामा हिँडडुल गरेका जो कोहीलाई पनि अक्रमण गर्ने गरेको छ । अहिलेसम्म १० भन्दा बढी स्थानीय घाइते भएका छन्। नगरपालिकाले साँढे नियन्त्रण गर्न प्रहरी, पशुसेवा कार्यालयका कर्मचारीलगायतलाई परिचालन गरेको छ।रासस