PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

'कृ'को पहिलो गीत 'यति यति पानी गंगा रानी'



पहिलोपोस्ट

'कृ'को पहिलो गीत 'यति यति पानी गंगा रानी'

काठमाडौं: प्रतिक्षित फिल्म 'कृ'को पहिलो गीत रिलिज भएको छ। 'यति यति पानी गंगा रानी' बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो।

सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आर्जेले स्वर दिएका छन्। मिस्टर आर्जेले नै गीतको शब्द र संगीत दिएका हुन् भने अल्मोडाले संगीत संयोजन गरेका हुन्।

भिडियोमा भने मुख्य अभिनेता अनमोल केसी मात्र फिचर्ड छन्। भिडियोलाई क्लब डेजाभूमा छायांकन गरिएको हो। सम्भवत अनमोल केसी पहिलोपटक डान्सिङ नम्बरमा देखिएका हुन्।

सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको कृ लाई द सुपर काजोल फिल्म्सले प्रस्तुत गरेको हो भने फिल्ममा अनमोल र अदिथी सँगै सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ।

माघ २६ गतेबाट नेपालभर रिलिज हुने फिल्मका निर्माता सुवास गिरी र भूवन केसी हुन् भने सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell