PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

रजनीकान्त राजनीतिमा, घोषणा गर्दै आफ्नै पार्टी



पहिलोपोस्ट

रजनीकान्त राजनीतिमा, घोषणा गर्दै आफ्नै पार्टी

स्टार अभिनेता रजनीकान्त पनि अब राजनीतिमा लाग्ने भएका छन्। उनले आइतबार चेन्नईमा भएका एक कार्यक्रममा उक्त घोषणा गरेका हुन्।

हिन्दु बिजनेस लाइनले जनाए अनुसार हजारौं जनता उपस्थित रहेको कार्यक्रममा भने,'मेरो राजनीति पैसा र शक्ति केन्द्रित हुने छैन।' उनले लोकतन्त्र प्रवर्द्धनका लागि आध्यात्मिक राजनीति गर्ने बताए।

उनले आफ्नै दल घोषणा गर्ने बताए पनि हालसम्म दल गठन गरेका छैनन्। तर उनले सन् २०२१ को चुनावमा २३४ क्षेत्रबाट लड्ने जानकारी दिएका छन्।

तामिल नाडुका दुग्ध बिकास मन्त्री राजेन्द्र बालाजीले भने रजनीकान्त राजनीतिमा टिक्न नसक्ने तर्क राखेका थिए। उनले राजनीतिक खेल खेल्न नसक्नेहरुका लागि यो क्षेत्र ठिक नहुने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell