PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

आलोपालो होइन, सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले गर्छः अग्नि सापकोटा 



पहिलोपोस्ट

आलोपालो होइन, सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले गर्छः अग्नि सापकोटा 

भक्तपुर : नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिन आग्रह गरेका छन्। 

रफत सञ्चार क्लबमा नेता सापकोटाले जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेकाले अब यसमा ढिलाइ गर्न नहुने बताए। 

सापकोटाले भने,‘अब बल प्रधानमन्त्री देउवाको कोर्टमा पुगेको छ, त्यसैले पनि विभिन्न बहानामा नयाँ सरकार गठन गर्न ढिलाइ भए, जनताको इच्छा र आकांक्षामा मात्र नभई लोकतान्त्रिक पद्धतिमै प्रश्न चिह्न उठ्छ ।’ 

संविधानको धारा ७६ को उपधारा ८ मा स्पष्ट रुपमा नयाँ सरकार गठन गर्न प्रतिनिधिसभाले सक्ने व्यवस्था भएको तर्क गदै सापकोटाले सरकार गठनका लागि राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोड्नु आवश्यक नभएको बताए।नयाँ सरकार गठन र पार्टी एकीकरणमा वाम गठबन्धनबीच कुनै पनि विवाद नभएको दाबी गर्दै सापकोटाले बाहिर आएका हल्ला सत्य नभएको जिकिर गरे। 

उनले भने,‘नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले गर्छ, सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्छ, बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व शीर्ष दुई नेताले स्थायी रुपमै गर्ने गरी अगाडि बढेको छ ।’रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell