
लामो विवादपछि फिल्म 'पद्मावती' बारे सेन्सर बोर्डले निर्णय सार्वजनिक गरेको छ। फिल्मले युए सर्टिफिकेट पायो। तर फिल्मको नाम भने 'पद्मावती' रहेन। सिबिएफसीले फिल्मको नाम 'पद्मावत' बनाएको प्रष्ट पार्यो।
बोर्डका अध्यक्ष प्रसुन जोशीका अनुसार फिल्मको २६ वटा दृश्य काटिने भएको छ। राजपुत समुदायको इतिहास तोडमोड भएको भन्दै भाजपा र राजपुत समुदाय फिल्म विरुद्ध उत्रिएका थिए। उक्त विषयलाई ध्यानमा राख्दै सम्बन्धित दृश्य हटाएको जनाइएको छ। फिल्म डिसेम्बर २८ का दिन सेन्सर भएको हो।
फिल्ममा दीपिका पादुकोण, साहिद कपूर र रणबिर सिंहको मुख्य अभिनय रहेको छ।पद्मारवतीमा दीपिकाले रानी पद्मावतीको भूमिका निभाउने छिन्। शाहिद उनको पति राजा रावल रतन सिंहको भूमिकामा देखिने छन्। त्यस्तै एन्टागोनिस्टका रुपमा स्थापित हुनेछन् रणवीर जसले अलाउद्धिन खिलजीको भूमिका निभाउने छन्। पद्मिनीप्रतिको लगावका कारण उनले चित्तरोमा युद्ध गर्छन्।