
बनेपा : काठमाडौँ विश्वविद्यालय कम्प्युटर साइन्स तथा इन्जिनीयरिङ डिपार्टमेण्टल क्लवको आयोजनामा २ दिने आइटी मिट हुने भएको छ।
यही पुष २१ र २२ गते काभ्रेको पनौतीमा रहेको सूचना प्रविधि (आइटी) पार्कमा हुने आइटी मिटमा कम्प्युटरको हार्डवेयर र सफ्टवेयरसम्बिन्धी प्रदर्शनी हुने छ।
उक्त मिटमा ४० देखि ४२ घण्टासम्म नसुतेरै एउटा प्रोजेक्ट विकास गरिने कोअर्डिनेटर प्रतित्राज गिरीले जानकारी दिए। उक्त प्रोजेक्टलाई ह्याकाथन नाम दिइएको छ।
कार्यक्रममा सञ्चालन गरिने योमरी कोड क्याम्पमा कम्प्युटरको प्रोग्रामिङ जान्ने जो कोहीले भाग लिन पाउने छन्। काभ्रेका प्लस टु कलेजलक्षित आइटी क्यूज सञ्चालन गरिने छ।
यस्तै आइटी, आइडिया पिचिङ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने गिरीले बताए।
विजेताले प्रस्तुत गरेको आइडियालाई मुर्त रुप दिन काठमाण्डौ युनिभर्सिटी कम्प्युटर क्लवले सहयोग गर्ने भएकोले आफ्ना आइसिटी सम्वद्ध आइडिया लिएर आउन पनि गिरीले आग्रह गरे।
यस्तै आल्फा गो फिल्म विश्वमै पहिलो पटक आइटी मिट २०१८ मा प्रर्दशन गरिदै छ। अल्फा गो फिल्म आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी चलचित्र हो। विश्वप्रसिद्ध खेल गो को मान्छे र ए आइ रोवर्ट बिच हुने प्रतिस्पर्धालाई यस चलचित्रमा रोचक ढंगमा प्रस्तुत गरिएकोले एआई सम्बन्धि सबै विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरुलाई फाइदा पुग्ने पनि गिरीले जानकारी दिए।