PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चौथो 'मिस शेर्पा' बनिन् सोनाम डोल्मा शेर्पा



पहिलोपोस्ट

 चौथो 'मिस शेर्पा' बनिन् सोनाम डोल्मा शेर्पा

काठमाडौं: 'मिस शेर्पा २०१७' को उपाधी सोनाम डोल्मा शेर्पाले जितेकी छिन्। यो शेर्पा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगिताको चौथो संस्करण हो। सोलुखुम्बु दुधकुण्डकी सोनामले १२ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष विजेता बनेकी हुन्।

शनिबार भएको फिनालेमा डोल्माले ताजसहित ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार पाइन्। उनलाई ताज सन् २०१२ की मिस शेर्पा छिमी शेर्पाले ताज पहिराइन्।

प्रतियोगितामा ल्हमु शेर्पा र मिङ्मा याङ्जी शेर्पा फस्ट र सेकेन्ड रनर्सअप बने। उनीहरुले क्रमश: २० हजार २२२ र १० हजार १११ नगद पुरस्कार हात पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell