.jpg)
काठमाडौँ : नेपाल पुलिस र सुदूरपश्चिमाञ्चलले १६औँ राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेका छन्। जिसतपछि समूह ए मा रहेका दुवै टोलीले ३-३ अंक जोडेका छन्।
राखेप च्याम्पियनसिप अन्तर्गत एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार सुरु च्याम्पियनसिपमा पुलिसले मध्यमाञ्चललाई ६-२ ले पराजित गर्यो।
पुलिसको जितमा निर्मला विक एक्लैले ४ गोल गरिन्। यस्तै पुलिसका लागि अमृता जैसी र कप्तान घिमकुमारी गुरुङले १-१ गोल गरिन्। सविता राना मगर मिथिला कुसवरले १-१ गोल फर्काइन्।
आइतबारै भएको दोस्रो खेलमा सुदूरपश्चिमले पूर्वाञ्चललाई ४-० ले हरायो। सुदूरपश्चिमको जितमा चन्द्रा भण्डारी र शीर्सा कार्कीले २-२ गोल गरिन्।
च्याम्पियनसिप अन्तर्गत सोमबार समूह बी मा रहेका त्रिभुवन आर्मी पश्चिमाञ्चल तथा नेपाल एपीएफ र मध्यपश्चिमबीद्व खेल हुनेछ।