PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

‘न्यू इयर इभ’ मा उपत्यकामा चार हजार सुरक्षाकर्मी परिचालन



पहिलोपोस्ट

‘न्यू इयर इभ’ मा उपत्यकामा चार हजार सुरक्षाकर्मी परिचालन
फाइल फोटो

काठमाडौ : भोलिदेखि अंग्रेजी नयाँवर्ष २०१८ सुरु हुँदैछ। २०१७ को विदाइ र नयाँवर्षको स्वागतमा उपत्यकाका विभिन्न स्थानमा आज राति कार्यक्रम हुने गरेका छन्। ‘न्यू इयर इभ’ मनाउने चलनको विकास भएसँगै प्रहरीलाई सुरक्षा चुनौती पनि थपिएको छ। प्रहरीले चुनौती देखिएका देखिएका राजधानीका केही स्थानमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबारस्क्वायर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

नयाँ वर्ष र ‘इभ’लाई लक्षित गरी राजधानीमा मात्र चार हजार सुरक्षाकर्मी परिचाल गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। 

सबैभन्दाबढी चहलपहल हुने दरबारमार्ग, ठमेल, क्षेत्रपाटीलगायतका स्थानमा मात्र १२ सयभन्दाबढी प्रहरी खटाइएको छ। आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोशाक र तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको एसएसपी धानुकले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell