PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै दुर्घटनामा ४० जनाको मृत्यु



पहिलोपोस्ट

केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै दुर्घटनामा ४० जनाको मृत्यु
फोटो श्रोतः rte.ie

नैरोबी :  केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन्। 

मध्य केन्याको एउटा सडकमा बस र मिनिट्रक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। उनले स्थानीय समयअनुसार बिहान तीन बजे नाकुरु नजिकै दुर्घटना भएको रिफ्ट भेली ट्राफिक प्रहरी प्रमुख जिरो अर्रोमेले जानकारी दिए। 

घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। त्यसैगरी मेक्सीकोमा तीन वटा सवारी साधन एकै ठाउँमा जुध्दा कम्तीमा दश जनाको मृत्यु भएको छ। भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्। 

दक्षिणी मेक्सीकोको गुइरो राज्यमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जना अमेरिकाबाट घुम्न आएका पनि परेको अधिकारीले जनाएका छन्। 
मृत्युहुने अन्य पाँच जनामा भ्यान चालक र उनका सहयोगी रहेका छन्। रासस/एएफपी/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell