PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

गोलकिपर एडरसनले इन्जुरी टाइममा पेनाल्टी रोकेपछि म्यानचेष्टर सिटी हारबाट जोगियो



पहिलोपोस्ट

गोलकिपर एडरसनले इन्जुरी टाइममा पेनाल्टी रोकेपछि म्यानचेष्टर सिटी हारबाट जोगियो

इन्जुरी टाइममा एडरसनले पेनाल्टी बचाएपछि म्यानचेष्टर सिटी प्रिमियर लिगमा सम्भावित हारबाट जोगिएको छ। लगातार १८ खेलको जितपछि सिटीलाई क्रिस्टल प्यालेसले गोलरहित बराबरीमा रोकेको हो।

इन्जुरी टाइमको पहिलो मिनेटमा प्यालेसले पेनाल्टी पाएपनि लुका मिलिभोजेभिकको प्रहार गोलकिपर एडरसनले क्लियर गरेपछि सिटी हारबाट जोगियो।

त्यसअघि २३ औँ मिनेटमा चोट लागेपछि सिटीका फरवार्ड गाब्रीएल जेससले मैदान छाडेका थिए। प्रिमियर लिगमा यस सिजन सिटीको यो दोस्रो बराबरी हो। यसअघि दोस्रो खेलमै सटीलाई एभरटनले बराबरीमा रोकेको थियो।

बराबरीका बावजुत पनि प्रिमिय रलिगको एक्लो अपराजित टोली सिटी २१ खेलबाट ५९ अंक जोड्दै शीर्ष स्थानमा आसिन छ। सिटी अझै दोस्रो स्थानको चेल्सीभनुदा १४ अंकले अगाडी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell