PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

८९औँ मिनेटमा गोल खाएपछि आर्सनल बराबरीमा रोकियो



पहिलोपोस्ट

८९औँ मिनेटमा गोल खाएपछि आर्सनल बराबरीमा रोकियो

प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले वेष्टब्मसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ। वेष्टब्रोमको मैदानमा भएको खेलको दुवै गोल अन्तिम ७ मनेट भित्र भएको थियो। ८३औँ मिनेटमा एलेक्स सान्चेजको फ्रिकिक जेम्स म्याक्लिनलाई लाग्दै गोल भएपछि आर्सनलले पहिले अग्रता लिएको थियो।

तर अन्तिम समयमा आर्सनलले अग्रता कायम राख्न सकेन। ८९औँ मिनेटमा वेष्टब्रोमले पेनाल्टी पायो र त्यसलाई जे रोड्रिग्वेनले गोल गर्दै खेल बराबरी गरे। आर्सनलका कलुम च्याम्बर्सले डि एरिया भित्र बल ह्याण्ड गरेपछि वेष्टब्रोमले पेनाल्टीको अवसर पाएको थियो।

२०१७ को अन्तिम खेलमा बराबरीमै चित्त बुझाउनुपरे पनि आर्सनलका म्यानेजर आर्सन वेंगरले प्रिमियर लिगमा ८११औँ खेलमा आर्सनलको प्रशिक्षण सम्हाल्दै सर एलेक्स फर्गुसनको रेकर्ड तोडेका छन्।

बराबरीपछि आर्सनलले चौथो स्थानको लिभरपुलसँग अंक दुरी छोट्याउने मौका गुमाएको छ। २१ खेलबाट ४१ अंक जोडेको लिभरपुल चौथो स्थानमा रहदा समान खेलबाट ३८ अंक रहेको आर्सनल बराबरीपछि पाँचौ स्थानमा यथावत छ। एक खेल कम खेलेको टोटनहम ३७ अंकका साथ छैटौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell