PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मुसिकोट सल्ले विमानस्थलमा अब सातामा चारदिन उडान



पहिलोपोस्ट

मुसिकोट सल्ले विमानस्थलमा अब सातामा चारदिन उडान

रुकुम: नेपाल वायुसेवा निगमले रुकुमको मुसिकोट सल्ले विमानस्थलमा अब साताको चार दिन उडान भर्ने भएको छ।

यसअघि सातामा दुई उडान भर्दै आएको निगमले सोमबारदेखि थप दुई उडान भर्ने भएको हो। यसअघि निगमले आइतबार काठमाडौँ–सल्ले–नेपालगन्ज र सोमबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्दै आएको थियो।

बुधबार काठमाडौँ–सल्ले–नेपालगन्ज र बिहीबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्ने निगमको रुकुम सल्लेका स्टेशन इन्चार्ज रमेश शर्माले जानकारी दिए। उडान थप भएपछि यहाँका यात्रुहरुलाई सहज हुने भएको छ। यात्रुहरुको माग धेरै आएपछि उडान थप गरिएको शर्माले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell