PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

नयाँ वर्षको इभ'मा नियमविपरीत सवारी चलाउने १६ सय चालक कारबाहीमा



पहिलोपोस्ट

नयाँ वर्षको इभ'मा नियमविपरीत सवारी चलाउने १६ सय चालक कारबाहीमा
तस्बिर :फाइल

काठमाडौं: ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने १ हजार ६७५ जना सवारी चालकहरु कारबाहीमा परेका छन्। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नियमविपरीत सवारी चलाउने चालकलाई उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले कारबाही गरेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेमा मदिरा सेवन गरी सवारी चलाउने २८४ जना, लेन नियम उल्लङ्घन गर्ने २५३ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने २२१ जना सडक तथा फुटपाथमा पार्किङ्ग गर्ने ११० जना र अनावश्यक हर्न बजाउने ३३ जना चालकहरु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell