PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

अवधी भाषाको पाठ्यक्रम निर्माणका लागि नक्साङ्कन सम्पन्न



पहिलोपोस्ट

अवधी भाषाको पाठ्यक्रम निर्माणका लागि नक्साङ्कन सम्पन्न

नेपालगन्ज: अवधी भाषाको पाठ्यक्रम निर्माणका लागि नेपालगन्जमा अवधी भाषा क्षेत्रको नक्साङ्कन गरिएको छ। विश्व शिक्षाको सहकार्यमा बाँके युनेस्को क्लबले नेपालगन्जमा आयोजना गरेको कार्यशालामा भाषाविज्ञ, शिक्षक, साहित्यकार तथा अगुवाहरुको सहभागितामा अवधी भाषाको नक्साङ्कन गरिएको क्लवका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए। 

पश्चिम नेपालको नवलपरासीदेखि कञ्चनपुर जिल्लासम्म अवधी भाषीको भौगोलिक क्षेत्र रहेको छ। बाँके जिल्लालाई केन्द्र मानी अवधी भाषामा बालबालिकाहरुका लागि पाठयक्रम तयार पारिनेछ। 

नक्साङ्कनपछि अब विद्युतीय सप्फट्वेयरमा पाठ्यक्रम निर्माण कार्य सुरु हुनेछ। पाठ्यक्रम तयार भएपछि कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई आफ्नै मातृभाषामा पढ्न लेख्न र सिक्ने कार्यमा सहज हुने विश्वास गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell