काठमाडौं: गायक विशाल निरौलाको नयाँ पप गीत सार्वजनिक भएको छ। ‘जुनीजुनी बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो।
सार्वजनिक गीतलाई विशाल र गायिका मेलिना राईले गाएका छन्। गीतमा विशालकै शब्द र संगीत रहेको छ। ज्ञानेन्द्र शर्माको छायांकन र निर्देशन रहेको गीतको भिडियोमा मोडल कृष्टिना थापा र अस्मिक लम्सालको फिचरिङ रहेको छ। भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन्।
यसअघि विशालको ‘मेरी माया' र ‘पार्टी सङ' बोलको गीत सार्वजनिक छन्।