PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

नीशा अधिकारीले बाढिन् आमा बन्ने खुशी



पहिलोपोस्ट

नीशा अधिकारीले बाढिन् आमा बन्ने खुशी

काठमाडौं: अभिनेत्री नीशा अधिकारीले आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छिन्। उनले फेसबुकमार्फत यो खुशीको खबर आफ्ना फ्यान तथा शुभचिन्तकसँग साटेकी हुन्।

नीशाले आफू गर्भवती भएको पाँच महिना भैसकेको जानकारी दिइन्। उनले आफूभित्र नयाँ जीवन हुर्कन सुरु गरिसकेको भन्दै थप लेख्छिन्,'म आमा बनिसकें।' 

नीशाले लेखेको स्टाटसमा अनिलकेशरी शाह, राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान एवं वर्तमान प्रशिक्षक बिनोद दास, क्रिकेटर अमिर अख्तर, मोडल अन्जली लामा, सुभेक्षा खड्का, मिस नेपाल इन्टरनेशनल नीति शाह,  स्क्रिप्ट राईटर शान बस्नेत, नायक मुकेश आचार्य, निर्देशक प्रशन्न पौडेल, गायक भरत सिटौला लगायत फ्यानले बधाई व्यक्त गरेका छन्।

नीशा र क्रिकेटर शरद भेषावकरले गत असार १६ गते चार वर्षको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका थिए। नीशा हाल अमेरिकामा छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell